logo-image

शुक्रबार, ०४ वैशाख २०८३

रौतहट १ मा रास्वपाका चौधरीको जीत, नेपालले हारे

शनिबार, २३ फागुन २०८२ · राजनीति

रौतहट १ मा रास्वपाका चौधरीको जीत, नेपालले हारे

काठमाडौं, फागुन २३
रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका अजय गुप्तालाई उनले १८ हजार दुई सय ५३ मतान्तरले पराजित गरेका हुन् ।
सो क्षेत्रमा चौधरीले कुल २८ हजार नौं सय ४६ मत ल्याउँदा एमालेका गुप्ताले १० हजार छ सय ९३ मत ल्याए । त्यस्तै कांग्रेसका उम्मेदवार अनिलकुमार झाले आठ हजार पाँच सय ७४ मत ल्याए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने सात हजार छ सय ६९ मत प्राप्त गरी चौथो स्थानमा सीमित भए ।