logo-image

बुधबार, २८ असोज २०८३

राष्ट्रपति र उपराष्ट्रपतिले आखिर किन हालेनन् भोट ?

बिहिबार, २१ फागुन २०८२ · राजनीति

राष्ट्रपति र उपराष्ट्रपतिले आखिर किन हालेनन् भोट ?

काठमाडौं, फागुन २१
प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपतिले भोट हालेका छैंनन । संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै उनीहरुले मतदान नगरेको राष्ट्रपति र उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ । 
राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय हुन । राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।  
यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएका हुन । उनले यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।