बिहिबार, ३२ असार २०८३
मङ्गलबार, ०३ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने सरकारी निर्णयलाई चुनौती दिँदै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा मंगलबार पनि सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुरु भएको बहस सोमबार नसकिएपछि आजका लागि सारिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभएको छ। महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धका ती मुद्दाहरू फिर्ता लिने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता युवराज पौडेल र आभास रेग्मीले छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए।
यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
५ घण्टा अगाडि