logo-image

आइतबार, १३ मंसिर २०८३

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयमाथि आज सर्वोच्चमा सुनुवाई

सोमबार, ०२ चैत २०८२ · समसामयिक

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयमाथि आज सर्वोच्चमा सुनुवाई

काठमाडौं, चैत्र २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमा आज सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

यसअघि आइतबारका लागि तोकिएको पेसी समय अभावका कारण हेर्न नभ्याइएपछि न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राख्दै आजका लागि सारेको हो।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार समय अभावका कारण उक्त मुद्दालाई 'हेर्दाहेर्दै' मा राखेर आजका लागि सारेको हो। यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले यस निवेदनलाई नियमित सुनुवाइमा लैजान आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको पालामा लामिछानेविरुद्ध लगाइएका गम्भीर मुद्दाहरू फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरुद्धमा युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट दायर गरेका थिए। आजको सुनुवाइले सरकारी निर्णयको वैधानिकता र ती मुद्दाहरूको भविष्य तय गर्नेछ।

#रविलामिछाने