बुधबार, २८ असोज २०८३
बिहिबार, ०५ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत्र ५ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमाथि आज पुनः सुनुवाइ गर्ने भएको छ। मंगलबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।
न्यायाधीश सरंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियो। यसअघि चैत १५ गते न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले मुद्दालाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको थियो।
पूर्व सरकारको कार्यकालमा महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका हुन्।