logo-image

सोमबार, १८ जेठ २०८३

यूएईको बारेमा पुष्टि नहुने भिडियो नराख्न  दुतावासले गरायो सचेत

आइतबार, १७ फागुन २०८२ · समसामयिक

यूएईको बारेमा पुष्टि नहुने भिडियो नराख्न  दुतावासले गरायो सचेत

काठमाडौं,फागुन १७ । यूएईमा विकसित घटनाक्रमबारे पुष्टि नहुने खालका भिडियो र तस्बिर सार्वजनिक नगर्न अबुधाबीस्थित नेपाली राजदूताबासले सबैलाई सचेत गराएको छ ।
अहिले युएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न र सुरक्षा स्थितिबारे भ्रम फैलिने मनसायको सन्देश प्रवाह नगर्न दूताबासले अपील प्रकाशन गर्दै आग्रह गरेको हो ।
विकसित परिस्थितिबारे सही जानकारीका लागि युएईका आधिकारिक निकायले जारी गर्ने अपडेट र सूचना हेर्न अपिलमा आग्रह गरिएको छ । 

ताजा समाचार