logo-image

सोमबार, १८ जेठ २०८३

यि स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना

शुक्रबार, २९ फागुन २०८२ · समसामयिक

यि स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, फागुन २९। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

पछिल्लो १२ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा/हिमपात भएको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा भएको छ। साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानहरूमा भने हल्का वर्षा भएको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली  भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा  मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

यस्तै, राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग  साधारणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

ताजा समाचार