शुक्रबार, ०४ वैशाख २०८३
शनिबार, २३ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २३ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन बिजयी भएका छन् । कुल २२ हजार आठ सय ५० मतका साथ उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार नौं सय १९ मत प्राप्त गरे ।
यसैगरी, नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले छ हजार आठ सय ८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार पाँच सय २९ मत प्राप्त गरेकाछन् ।