आइतबार, १३ मंसिर २०८३
मङ्गलबार, १९ फागुन २०८२ · राजनीति
निर्वाचनको मौन अवधि शुरु भएसँगै निर्वाचन आयोगले आचारसंहिता पालना र सामाजिक सञ्जालको प्रयोगमा कडा निगरानी बढाएको छ ।
जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमनकर्ताहरु मार्फत निरन्तर रिपोर्टिङ लिने काम भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । पहिलो रणनीति अन्तर्गत, कुनैपनि सूचना लाइक, शेयर वा कमेन्ट गर्नुअघि त्यो सत्य र आधिकारिक हो वा होइन भनी यकिन गर्न सार्वजनिक रुपमा अपिल गरिएको गरेको बताउनु भयो । यसका लागि आयोगले प्रवद्र्धनात्मक तरिकाले सम्झाउने र बुझाउने काम गरिरहेको छ । दोस्रो रणनीति अन्तर्गत कसैले सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने, अपमान गर्ने वा भ्रामक सूचना फैलाउने जस्ता कानुन विपरीतका कार्य गरेमा कडा कारबाही गरिने स्पष्ट पार्नुभयो । यसका लागि आयोगमा ‘सूचना सदाचार प्रवद्र्धन इकाई’ गठन गरिएको छ । जसले यस्ता गतिविधिहरुको सुक्ष्म निगरानी गरिरहेको छ ।