बिहिबार, २९ असोज २०८३
बुधबार, २० फागुन २०८२ · राजनीति
मुस्ताङ, फागुन २०
मौन अवधिको समयमा मतदातालाई नगद वितरण गर्दै गरेको आशंकामा इन्द्र धारा विष्ट नियन्त्रणमा परेका छन् । मुस्ताङ गाउँपालिका वडा नं. ५ निवासी तथा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका विष्टले वडा नं. ३ का स्थानीयलाई चुनाव प्रभावित पार्ने उद्देश्यले नगद वितरण गरिरहेको भन्ने आशंकापछि स्थानीयवासीले उनलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन् ।
स्थानीय स्रोतका अनुसार घटनास्थलमा रहेका विष्टका तीन जना सहयोगी स्थानीयलाई देखेपछि फरार भएका छन ्। उनीहरूको खोजतलासका लागि प्रहरी स्थानीयवासीको सहयोगमा सक्रिय रूपमा परिचालित रहेको जनाइएको छ । वष्ट सवार गाडीसमेत प्रहरीले नियन्त्रणमा लिई खानतलासी प्रक्रिया अघि बढाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद सामग्री तथा अन्य तथ्यबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मौन अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचार–प्रसार, मतदाता प्रभावित पार्ने गतिविधि वा प्रलोभन दिनु निर्वाचन आचारसंहिताविपरीत हुने व्यवस्था रहेको छ । घटनापछि क्षेत्रीय राजनीतिक वृत्तमा चर्चा बढेको छ भने सम्बन्धित पक्षको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ ।