logo-image

सोमबार, १८ जेठ २०८३

माैसमः कहाँ कहाँ पर्दैछ आज पानी ?

आइतबार, ०१ चैत २०८२ · समसामयिक

माैसमः कहाँ कहाँ पर्दैछ आज पानी ?

काठमाडौं, चैत्र १ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा, कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशमा भने आंशिक बादल लागेको छ। तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु लागेको छ। बाजुरा, बझाङ, डडेलधुरा, डोटी, अछाम, पाल्पा, गुल्मी, अर्घाखाँची सहित आशपाशका जिल्लाहरूमा मेघगर्जन र चट्याङ सहित पानी परिरहेको छ। यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ। 

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ।  काठमाडौं उपत्यकामासमेत मध्यम वर्षा हुने सम्भावना रहेको छ। 

यस्तै, कोशी, कर्णाली र सुदुरपश्चिम  प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा  साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही  स्थानहरूमा र बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

ताजा समाचार