logo-image

शुक्रबार, ०४ वैशाख २०८३

मातृका यादवलाई विजयी घोषणा गर्न नेकपाको माग

सोमबार, २५ फागुन २०८२ · राजनीति

मातृका यादवलाई विजयी घोषणा गर्न नेकपाको माग

धनुषा क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी शाह कमलको उम्मेदवारी खारेजी भएको अवस्थामा सो क्षेत्रमा मतको हिसाबले दोस्रो नम्बरमा रहनुभएका नेपाली कम्युनिस्ट पार्टीका मात्रिका प्रसाद यादव लाई विजयी घोषणा गर्न नेपाली कम्युनिस्ट पार्टीले माग गरेको हो। नेपाली कम्युनिस्ट पार्टीले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार  किशोरी शाह कमलको उम्मेदवारी खारेज गरिसकेको र मतदान सम्पन्न भई मतपरिणाम आइसक्दा पनि यादवलाई विजय घोषणा नगरेकोमा आपत्ति जनाएको छ। विज्ञप्तिमा निर्वाचन आयोगलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दबावमा नपरि निष्पक्ष ढंगले काम गर्न आग्रह गरिएको छ।