logo-image

बुधबार, २८ असोज २०८३

मनाङको नार्पाभूमी गाउँपालिस्थित विभिन्न स्थानको हिउँ ५ दिनको प्रयासमा हटाईयो

आइतबार, १० फागुन २०८२ · समसामयिक

मनाङको नार्पाभूमी गाउँपालिस्थित विभिन्न स्थानको हिउँ ५ दिनको प्रयासमा हटाईयो


मनाङ जिल्लाको नार्पाभूमी गाउँपालिका अन्तर्गतका विभिन्न ठाउँ जाने बाटोमा जमेको हिउँ ५ दिनको प्रयासमा हटाईएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङबाट विपद् उद्धार सामाग्रीसहितको सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली हिउँ हटाउने कार्यमा जुटेको थियो ।
विशेष गरी सो गाउँपालिकास्थित छ्याँसे, मेता र च्याखुँ अन्तर्गतका बाटोहरु हिउँले पुरी अवरुद्ध भएको थियो । सो बाटोहरुमा हिउँ जमेको कारण सामान ढुवानीको लागि खच्चड तथा मानिसहरु आवत जावत गर्न असहज भएको थियो ।
बाटो अवरुद्ध पश्चात तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले ५ दिनदेखि हिउँ पन्छाउँने कार्यमा खटिएको थियो । फागुन ६ गतेबाट शुरु भएको हिउँ पन्छाउने कार्य फागुन ११ गते बाटो खुलाएर समाप्त भएको छ