logo-image

बुधबार, ३१ असार २०८३

मध्यपूर्वको युद्धको असर, ऊर्जा संकट बढ्ने,  तेलको मूल्य प्रतिब्यारेल मुल्य सय अमेरिकी डलर नाघ्ने

शुक्रबार, २२ फागुन २०८२ · अन्तर्राष्ट्रिय

मध्यपूर्वको युद्धको असर, ऊर्जा संकट बढ्ने,  तेलको मूल्य प्रतिब्यारेल मुल्य सय अमेरिकी डलर नाघ्ने

मध्यपूर्वको युद्ध बिश्वव्यापी असरका कारण तेलको मूल्य प्रतिब्यारेल मुल्य सय डलर नाघ्ने देखिएको छ । रसियाली राष्ट्रपतिका विशेष प्रतिनिधि तथा रसियाली प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले मध्यपूर्वमा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघ्ने निश्चित भएको जानकारी दिएको  हुन । 
कार्यकारी अधिकृत किरिल दिमित्रिभले सामाजिक सञ्जाल ‘एक्स’ मा आफ्नो धारणा राख्दै एसियामा डेलिभरी हुने अधिकांश तेलको मूल्य ९० डलर कटिसकेको र ‘मुरबान क्रुड’ को मूल्य ९६ डलर पुगेको बताएकाहुन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि अब तेलको मूल्य एक सय डलर पुग्ने कुरालाई स्वीकार गरिसकेको उल्लेख गरेका छन् ।