logo-image

बिहिबार, २९ असोज २०८३

मतदान सुरु, बालेन कुलमान र रबिले गरे मतदान

बिहिबार, २१ फागुन २०८२ · राजनीति

मतदान सुरु, बालेन कुलमान र रबिले गरे मतदान

काठमाडौं, फागुन २१ । प्रतिनिधि सभाको निर्वाचन सुरु भएको छ । बिहान सात बजेदेखि सुरु भएको मतदानमा बरिष्ठ नेताहरुले भोट हाली सकेका छन् । 
राष्ट्रिय स्वतन्त्र पार्टिका बरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौंको तिनकुने स्थित अन्नपुर्ण स्कुलमा रहेको मतदान केन्द्रबाट भोट हालेका हुन् । यद्यपी उनि अहिले झापा निर्वाचन क्षेत्र ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा छन् । त्यसैले भोट हालेपछि आफ्नो निर्वाचन क्षेत्र झापामा हेलिकोप्टर मार्फत प्रस्थान गरेका छन् ।
त्यस्तै उज्यालो नेपाल पार्टिका अध्यक्ष कुलमान घिसिङले पनि मतदान गरेका छन् । बिहान सात  बजे घिसिङले बौद्धको महांकालस्थित जनकल्याण माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 
यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रबि लामिछानेले पनि काठमाडौबाट मतदान गरेका छन् ।  उनले मत खसालेपछि मतपेटिका समेत ढोगेका छन् ।