logo-image

बुधबार, ३१ असार २०८३

भारतको झारखण्डमा बिमान दुर्घटना, चालक दल सहित सबैजनाको मृत्यु

मङ्गलबार, १२ फागुन २०८२ · अन्तर्राष्ट्रिय

भारतको झारखण्डमा बिमान दुर्घटना, चालक दल सहित सबैजनाको मृत्यु


काठमाडौं, फागुन १२ । भारतको झारखण्डमा विमान दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ। सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्ली उडेको एयर एम्बुलेन्स झारखण्डको चतरामा दुर्घटना परेको हो । 
विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई सहयोगी तथा दुई क्याप्टेन सवार थिए ।
विमान साँझ ७ बजेर ११ मिनेटमा राँचीको बिरसा मुण्डा विमानस्थलबाट उडेको थियो  । कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क स्थापित गरेपछि मौसमका कारण मार्ग परिवर्तन (डिभिएसन) को अनुरोध गरिएको थियो। तर साँझ ७ बजेर ३४ मिनेटमा वाराणसीबाट करिब १ सय नटिकल माइल दक्षिण–पूर्व क्षेत्रमा पुग्दा कोलकातासँगको सञ्चार र रडार सम्पर्क एकाएक विच्छेद भएको थियो।
आगलागीको घटनामा ६३ प्रतिशत जलेर गम्भीर घाइते ४१ वर्षीय सञ्जय कुमारको उपचारका लागि लादै गर्दा दुर्घटना परेको हो । सञ्जय कुमारसँगै उनका सहयोगी विकास गुप्ता चिकित्सक सचिन कुमार मिश्र र उनका दुई सहयोगी अर्चना देवी र धुरु कुमार विमानमा थिए। दुई क्याप्टेनहरू विवेक विकास भगत र सवराजदीप सिंह गरी सातै जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमल जनाएका छन् ।