शुक्रबार, ०४ वैशाख २०८३
शनिबार, २३ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २३
भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव खत्रीले ४२ हजार तीन सय ३४ मत प्राप्त गर्दै विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १० हजार नौं सय ६६ मत प्राप्त गरेका छन् । खत्रीले बस्नेतलाई ३१ हजार तीन सय ३८ मतान्तरले पराजित गरेका हुन् ।
सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले आठ हजार चार सय एक मत पाएका छन् भने नेमकिपाका रमेश वैद्यले तीन हजार सात सय ५३ र नेकपाका रामप्रसाद सापकोटाले एक हजार तीन सय २३ मत पाएका छन् ।