logo-image

बुधबार, ३१ असार २०८३

बालेन हराउने गोप्य खेल

बिहिबार, २१ फागुन २०८२ · राजनीति

नेपाली कांग्रेस र नेकपा एमालेबीच झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेलाई कांग्रेसले सघाउने र चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवारलाई नेकपा एमालेले सघाउने गरी गोप्य सहमति भएको खुलासा भएको छ ।आज विभिन्न सञ्चारकर्मीहरूसँग बोल्दै चितवन क्षेत्र नं २ का उम्मेदवार अस्मिन घिमिरेले सो कुराको खुलासा गर्नुभएको हो।
यदि घिमिरेले गर्नुभएको दाबी सही हो भने झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी ओलीको जित सुनिश्चित देखिएको छ। झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र  साहबीच तीव्र प्रतिस्पर्धा रहेको छ।यसैबीच नेकपा एमालेको भोट पाएर चितवन क्षेत्र नम्बर २ कि उम्मेदवार मिना कुमारी खरेल विजयी हुने देखिएको छ। खरेल नेपाली कांग्रेसमा स्वच्छ छवि भएको नेताको रूपमा परिचित हुनुहुन्छ।