शनिबार, २० भदौ २०८३
शनिबार, २३ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २३
बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । सो क्षेत्रमा उनले १८ हजार पाँच सय ४३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार तीन सय चार मत ल्याएका छन् ।
यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार सात सय ५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले नौ हजार दुई सय ६३ मत प्राप्त गरेका छन् ।