बिहिबार, ०३ वैशाख २०८३
बुधबार, ०६ फागुन २०८२ · जिवनशैली
अहिले बच्चाबच्चीलाई मोबाइल नदेखाइ राख्न सकिन्छ भन्यो भने त्यो असंभव जस्तै हो । किनभने बच्चाबच्चीसँगै रहेका आमाबुवाले आफ्नो दैनिकी सहज बनाउन पनि मोबाइल फोनको प्रयोग गर्नुपर्ने आवश्यकता छ । आमाबुवाले मोबाइल चलाएको देखेपछि बच्चालाई पनि प्रयोग गर्न मन लाग्नु कुनै अनौठो होइन । तर हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने बच्चाबच्चीले मोबाइलको प्रयोग के मा गरिरहेका छन् ? र कति समय त्यो मोबाइलमा उनिहरुको समय प्रयोग भइरहेको छ भन्ने हो । कतै तपाईको बच्चा जतिबेला पनि मोबाइलमै व्यस्त रहने र खान, खेल्न, पढ्न बिर्सिने त भएको छैन ।
अनलाइन कक्षा,र सुरक्षित रूपमा जानकारी आदान–प्रदान गर्न मोबाइल बच्चाबच्चीले प्रयोग गर्नु आवश्यक छ। त्यसैले बच्चाबच्चीका आमाबुवाले सही तरिकाले नियम बनाएर मोबालको प्रयोग गर्न दिनुपर्ने हुन्छ ।
परिवारमा रहेका जेष्ठ सदस्यले बालबच्चाको स्क्रिन टाइम निर्धारण गरिदिनु जरुरी छ। आफ्ना बालबच्चाहरु केहि समय मात्रै मोबाइलको प्रयो गरुन भन्ने चाहनु हुन्छ भने मोबाइलको स्क्रिन समय तोक्न जरुरी छ । मोबाइलमा प्यारेन्टल वेलबिङ भनेर अप्सन नै दिएको हुन्छ, त्यसबाट हामी समय निर्धारण गर्न सक्छौ । २ देखि ५ वर्षका बच्चाहरुलाई दिनमा अधिकतम १ घण्टा शैक्षिक सामग्री हेर्न मात्रै मोबाइलको प्रयोग गराउन सकिन्छ । र, ६ वर्षभन्दा माथिका बालबालिकालाई दिनमा १देखि २ घण्टा प्रयोग गर्न दिन सकिन्छ । तर उनिहरुको मोबाइल सुत्ने समयभन्दा कम्तीमा १ घण्टा अगाडिनै बन्द गरिदिनुपर्छ । खाना खाँदा र सुत्ने कोठामा मोबाइल पूर्णरूपमा बन्द गरिदिनुपर्छ ।