सोमबार, १८ जेठ २०८३
बुधबार, १३ फागुन २०८२ · समसामयिक
कञ्चनपुर , फागुन २३ । निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार फागुन २३ गतेदेखि बाघ गणना गर्ने तयारी छ।
फागुन २३ गतेदेखि बाघ गणनाका लागि शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा राखिने भएको छ । बाघ विचरण गर्ने सम्भावित क्षेत्रको पहिचान गरेर हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गर्ने तयारी छ ।
सन् २०२२ को गणनामा ३६ वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । क्यामेरामा कैद भएका १६ पोथी र १२ भालेसहित २८ र विश्लेषणका आधारमा आठ गरी ३६ वयस्क बाघ रहेको सार्वजनिक गरिएको थियो ।