बिहिबार, ३२ असार २०८३
बुधबार, ०४ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत्र ४ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष रुद्राभिषेक पूजा सम्पन्न गर्नुभएको छ।
हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा आराध्यदेव पशुपतिनाथप्रति कृतज्ञता प्रकट गर्दै उहाँले यो धार्मिक अनुष्ठान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयद्वारा जारी प्रेस नोटका अनुसार, प्रधानमन्त्री कार्कीले मुलुकलाई स्थायित्व र शान्तिको मार्गमा अघि बढाउन सहयोग गर्ने आम नागरिकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा देशको निरन्तर प्रगति र विकासको कामना गर्नुभएको छ।
सो अवसरमा उहाँले सम्पूर्ण नेपालीबीच आपसी एकता, सद्भाव र भाइचाराको भावना अझ सुदृढ होस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो। उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
५ घण्टा अगाडि