सोमबार, १८ जेठ २०८३
बुधबार, १३ फागुन २०८२ · समसामयिक
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
बुधबार दिउँसो तराई भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भाग तथा अन्य प्रदेशको हिमाली भागमा साधरणतया बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
अहिले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति तराई भूभागका केही स्थानमा तुँवालो लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।