शुक्रबार, ०४ वैशाख २०८३
शनिबार, २३ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २३ । पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन् ।
सो क्षेत्रमा पन्तले कुल २७ हजार दुई सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार आठ सय ८५ मत प्राप्त गरेका छन् ।