logo-image

सोमबार, १८ जेठ २०८३

पर्साको पशुजारबाट २ सय १८ किलो गाँजासहित ट्याक्टर नियन्त्रणमा

मङ्गलबार, २६ फागुन २०८२ · समसामयिक

पर्साको पशुजारबाट २ सय १८ किलो गाँजासहित ट्याक्टर नियन्त्रणमा

काठमाडौं, फागुन २६ । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशु बजारबाट फागुन २५ गते सोमबार राती सशस्त्र प्रहरीले २ सय १८ किलो गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

सोही जिल्लाको सुपौलिबाट जगरनाथपुरतर्फ जाँदै गरेको मे १ त ५७१४ नम्बरको ट्याक्टरमा परालले छोपी लैजाँदै गरेको २२ वटा पोकामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले नियन्त्रणमा लिएको हो । उक्त गाँजा ल्याउने व्यक्ति तथा ट्याक्टर चालक गस्तीमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ ट्याक्टर तथा गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए ।

बरामद गाँजा तथा ट्याक्टर आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

ताजा समाचार