सोमबार, १८ जेठ २०८३
मङ्गलबार, २६ फागुन २०८२ · समसामयिक
काठमाडौं, फागुन २६ । नेपाल वायुसेवा निगमले यात्रुहरूको सहजताका लागि आगामी मार्च ११ र १२ तारिखमा काठमाडौं–दुबई–काठमाडौं रुटमा विशेष उडान सञ्चालन गर्ने भएको छ।
तालिका अनुसार काठमाडौंबाट दुबईका लागि उडान नम्बर RA229 मार्च ११ तारिख राति ११:१५ बजे प्रस्थान गर्नेछ भने दुबईबाट काठमाडौंका लागि उडान नम्बर RA230 मार्च १२ तारिख बिहान ४:१० बजे उड्नेछ।
निगमले 'पहिले आउनेलाई प्राथमिकता' को आधारमा टिकट वितरण गरिने जानकारी दिएको छ। इच्छुक यात्रुहरूले निगमको आधिकारिक बिक्री कक्ष, एजेन्ट वा फोन नम्बर ०१–५७१८५३८ / ५७१८५३९ मा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्। थप जानकारीका लागि निगमको आधिकारिक वेबसाइट www.nepalairlines.com.np हेर्न वा sales@nac.com.np मा इमेल गर्न सकिनेछ।
#nepalairlines