logo-image

सोमबार, १८ जेठ २०८३

नेपालको आकाशमा देखिएको त्यो अनौठो दृश्य के थियो ?

सोमबार, ०२ चैत २०८२ · समसामयिक

नेपालको आकाशमा देखिएको त्यो अनौठो दृश्य के थियो  ?

काठमाडौ, चैत २ । आइतबार बेलुकी नेपालको आकाशमा एउटा अनौठो र चम्किलो दृश्य देखिएपछि धेरै मानिसहरू आश्चर्यचकित र त्रसित बनेका थिए।

सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भइरहँदा उक्त दृश्य छिमेकी राष्ट्र चीनले प्रक्षेपण गरेको 'लङ मार्च-६ए' (Long March-6A) रकेट हुनसक्न बताइएको छ ।

सिजीटिएनका अनुसार आइतबार चीनको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट राति ९:२२ बजे Yaogan-50 02 नामक उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । उक्त उपग्रहलाई भू–सर्वेक्षण, बाली उत्पादन अनुमान तथा प्राकृतिक विपद् रोकथाम र उद्धार कार्यका लागि प्रयोग गरिने जनाइएको छ।

ताजा समाचार