बुधबार, ३१ असार २०८३
बिहिबार, ०५ चैत २०८२ · अन्तर्राष्ट्रिय
नयाँ दिल्ली, चैत्र ५ । भारतीय राजधानी दिल्लीको एउटा बहुतले भवनमा बुधवार भएको भीषण आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
शहरको पालम क्षेत्र नजिकै रहेको राम चोक बजारमा रहेको चारतले भवनभित्रको कपडा र कस्मेटिक्स पसलबाट आगलागी शुरु भएको थियो । अस्पतालमा १२ जनालाई ल्याइएको थियो । जसमध्ये नौ जनालाई मृत घोषित गरिएको र तीन जना घाइते भएका बताइएको छ ।
वरिष्ठ प्रहरी अधिकारी अभिमन्यु पोसवालकाअनुसार मृतकको पहिचान दुई पुरुष, चार महिला र तीन बालबालिकाको रूपमा गरिएको छ । पोसवालले फरेन्सिक र अपराध टोलीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको र कानूनी प्रक्रिया शुरु गरिएको बताउनु भयो । प्रहरीकाअनुसार भवनको दोस्रो र तेस्रो तल्ला आवासीय इकाइहरू थिए ।
-NAN