बिहिबार, ३२ असार २०८३
बिहिबार, ०५ चैत २०८२ · समसामयिक
भक्तपुर, चैत्र ५ । भक्तपुरको नगरकोट जाने सडक खण्डमा ओभरटेकको विषयलाई लिएर दुई जना मोटरसाइकल चालकमाथि कुटपिट गर्ने कार चालक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार चाँगुनारायण–६ का ४१ वर्षीय गणेशबहादुर तामाङलाई पक्राउ गरेको हो।
गत शनिबार बागमती बीएसी ५२८१ नम्बरको कारका चालक तामाङले मोटरसाइकल चालक विशाल तामाङ र लक्सकुमार राईमाथि बीच सडकमै निर्घात कुटपिट गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दोषीलाई कारबाही गर्न चर्को दबाब सिर्जना भएको थियो।
पीडित युवाहरूले यसअघि नै भक्तपुर प्रहरीमा उजुरी दिइसकेका थिए। सामाजिक सञ्जालमा देखिएको भिडियो र उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले बिहीबार तामाङलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका तामाङलाई थप कानुनी कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
५ घण्टा अगाडि