logo-image

बुधबार, २८ असोज २०८३

धादिङमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु , विदेशी पर्यटक पनि परे दुर्घटनामा

सोमबार, ११ फागुन २०८२ · समसामयिक

काठमाडौं, फागुन ११ । गतराती करिब साढे १ बजे पोखराबाट काठमाडौं आउदै गरेको यात्रुबाहक बस त्रिशुली नदीको किनारमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।  ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका– ५ भैंसिगौडामा दुर्घटनामा परेको हो । दुर्घटनामा २७ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ । दुर्घटनामा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार दुर्घटनामा विदेशी पर्यटकहरु पनि परेका छन् । एक जना न्यूजील्याण्डका नागरिक छन् ।सडकबाट करिब ३ सय मिटर तल खसेको बस क्षतविक्षत अवस्थामा फेला परेको  छ । 
माछापुच्छ्रे ट्राभल्सको उक्त बसमा ४५ यात्रु सवार रहेका थिए । जसमध्ये बसमा पोखराबाट ४३ जना र मुग्लिनबाट २ जना चढेका थिए।