logo-image

सोमबार, १८ जेठ २०८३

देशभर साधारणतया बादल लाग्ने, यि प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

मङ्गलबार, २६ फागुन २०८२ · समसामयिक

देशभर साधारणतया बादल लाग्ने, यि प्रदेशमा  हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, फागुन २६ । हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

यस्तै, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भामामा साधरणतया बादल लाग्नेछ, बाँकी  भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

#weatherupdate #weathertoday #मौसम

ताजा समाचार