logo-image

बुधबार, २८ असोज २०८३

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै मोटरसाईकल र्‍याली

आइतबार, १० फागुन २०८२ · राजनीति

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै मोटरसाईकल र्‍याली

आईतवार काठमाडौंको माईतीघर मण्डलामा भेला भएका राजावादीहरुले प्रसार्ईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्‍याली निकालेका हुन् । उनीहरुले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । 
प्रसाईंलाई  यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । सोही पक्राउको विरोधमा हिन्दुराज्य नेपाल कायम गरौं भन्ने मूल नारासहित र्‍यालीमा सहभागी भएकाहरुले गणतन्त्र विरोधी नारा पनि लगाएका थिए । माईतीघर मण्डलाबाट शुरु भएको सो र्‍याली भद्रकालीमा पुगेर समापन भएको थियो ।
न्युज एजेन्सी नेपाल