बिहिबार, ३२ असार २०८३
शुक्रबार, ०८ फागुन २०८२ · समसामयिक
कास्कीको माछापुच्छे गाउँपालिका–९ तकरू जंगलबाट ८ थान र सोही गाउँपालिका–२ नेपराङ जंगलबाट १ थान भरूवा बन्दुक बुधबार राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट भेडाबारी र प्रहरी चौकी सर्दिखोलाबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेका ती बन्दुक फेला पारी बरामद गरेको हो ।
प्युठानको ऐरावती गाउँपालिका–६ थामस्थित हरियाली सामुदायिक वनबाट १ थान भरूवा बन्दुक बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चुजाठाटीबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।