शुक्रबार, ०४ वैशाख २०८३
शनिबार, २३ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २३
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार आठ सय नौं मत अन्तरले पछि पार्दै वाग्ले विजयी भएका हुन् ।
वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार दुई सय ३१ मत पाए । सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले पाँच हजार आठ सय ३० र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकालले दुई हजार तीन सय ९३ मत पाएका थिए ।