logo-image

शुक्रबार, ०४ वैशाख २०८३

झापा–५ बाट निर्वाचित बालेन शाहद्वारा चुनावी खर्च सार्वजनिक: खर्च जम्मा १४ लाख १७ हजार

सोमबार, २५ फागुन २०८२ · राजनीति

झापा–५ बाट निर्वाचित बालेन शाहद्वारा चुनावी खर्च सार्वजनिक:  खर्च जम्मा १४ लाख १७ हजार

झापा, फागुन २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झन्डै ५० हजारको विशाल मतान्तरले पराजित गरी इतिहास रचेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी खर्चको पूर्ण विवरण सार्वजनिक गरेका छन्।

फागुन २१ को निर्वाचनमा झापा–५ बाट विजयी शाहले कुल १४ लाख १७ हजार २८९ रुपैयाँ मात्र खर्च भएको विवरण फागुन २५ गते जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

खर्चको मुख्य विवरण:

    प्रचार-प्रसार र घरदैलो:  ५ लाख ८० हजार रुपैयाँ (१५ दिनको अभियान)
    सवारी साधन र इन्धन:   २ लाख ९३ हजार ८०० रुपैयाँ (२ वटा गाडी)
    झण्डा, ब्यानर र स्टिकर: २ लाख ७६ हजार ८४९ रुपैयाँ
    कार्यालय सञ्चालन (झापा–५): १ लाख ४२ हजार ८२० रुपैयाँ (२ महिनाको पानी र स्टेशनरी)
    हवाई यात्रा: २५ हजार रुपैयाँ (५ पटक)
    खाजा (मतदाता प्रशिक्षण): २८ हजार ९७० रुपैयाँ (५८ जनाका लागि)

बालेन शाहका प्रतिनिधि नवीन भण्डारीमार्फत बुझाइएको यो खर्च विवरणले राजनीतिमा 'मितव्ययिता र पारदर्शिता' को नयाँ मानक स्थापित गरेको विश्लेषण गरिएको छ।