logo-image

आइतबार, १३ मंसिर २०८३

झापामा बालेनसँग २९ हजार मतले पछि परे ओली

शनिबार, २३ फागुन २०८२ · राजनीति

झापामा बालेनसँग २९ हजार मतले पछि परे ओली


झापा, फागुन २३ । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन्द्र शाह (बालेन) सँंग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २९ हजार मतले पछि परेका छन् । 

मतगणनाको पछिल्लो परिणामअनुसार झापा ५ मा उनी नेकपा एमालेका अध्यक्ष ओलीभन्दा २९ हजार बढी मतले अगाडि देखिएका हुन् । बालेनले ३९ हजार दुई सय ८४ मत ल्याउँदा ओली १० हजार दुई सय ९३ मतसहित दोस्रो स्थानमा छन् ।

झापा–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ छ हजार तीन सय २४ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले एक हजार ९६ मत ल्याएकी छन् ।