बिहिबार, ३२ असार २०८३
बुधबार, ०४ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत्र ४
चैत्र ३ गते झापा जिल्लाको भद्रपुर नगरपालिका–३ हातिमारास्थित अरनिको माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको २५औँ स्थापना दिवस -रजत महोत्सव)को अवसरमा नं. २ गण झापाको आयोजना तथा बी एण्ड सी अस्पताल विर्तामोड र फिल्ड अस्पताल पकलीको सहकार्यमा उक्त स्वास्थ्य शिविर संचालन गरिएको हो ।
भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्यमा संचालन गरिएको उक्त स्वास्थ्य शिविरमा नं. २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशी लगायत भद्रपुर नगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न अस्पतालका चिकित्सक तथा झापा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।
सो क्षेत्रमा बसोवास गर्ने सीमावासी तथा स्थानीयहरुको निःशुल्क स्वास्थ्य जाँच गर्ने अभिप्रायले संचालन गरिएको स्वास्थ्य शिविर कार्यक्रममा १ सय ७५ जना महिला र १ सय ४० जना पुरुष गरी ३ सय १५ जनाको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
५ घण्टा अगाडि