बिहिबार, ०३ वैशाख २०८३
बुधबार, ०६ फागुन २०८२ · जिवनशैली
सामान्य मानिसहरुलाई भन्दा चुरोट तथा सुर्तिको प्रयोग गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना रहेको पाइएको छ । चुरोट पिउने मानिसमा हृदयाघात मुटुरोग विशेषज्ञहरु बताउँछन् ।
चुरोट तथा सुर्तिको प्रयोग गर्ने ५० वर्षभन्दा मुनिका आठगुणा, ५० देखि ६५ वर्ष उमेर समूहका लागि पाँचगुणा र ६५ वर्षभन्दा माथिका तीनगुणा बढी हृदयाघात हुने सम्भवाना रहन्छ । यस्तै ४० वर्ष मुनि सुर्तीजन्यसेवन गर्ने महिलालाई १३ गुणाबढी सेवन नगर्नेको तुलनामा बढी हृदयाघात हुने गरेको देखिएको छ ।
नेपालमा ४८.६ प्रतिशत पुरुष र १५.३ प्रतिशत महिलाले चुरोट सेवन गर्ने गरेको अध्ययनहरुले देखाएका छन् । र, जाडोयाममा युवाहरुले चुरोट बढी सेवन हुने हुदा यो समयमा चुरोटकै कारण हृदयाघात हुने संभावना प्रवल रहन्छ।
पछिल्लो अध्ययनअनुसार ४५ वर्षभन्दा मुनिका ११ दशमलव ८ प्रतिशतलाई हृदयाघात चुरोट सेवनका कारण भएको जनाइएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले सुर्र्तीजन्य पदार्थको सेवनले हृदयाघात बढिरहेको बताउनुहुन्छ । चुरोट र हुक्काले रगतलाई जमाउने गरेको उहाको भनाई छ । नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको कारण हुन्छ ।