logo-image

बिहिबार, ३२ असार २०८३

खोटाङमा शव बोकेर गएको हेलिकप्टर दुर्घटना, एक घाइते

बुधबार, ०४ चैत २०८२ · समसामयिक

खोटाङमा शव बोकेर गएको हेलिकप्टर दुर्घटना, एक घाइते

 

खोटाङ, चैत्र ४ । खोटाङको केपिलासगढी गाउँपालिका–२, खार्तम्छा (बालाबेसी) मा आज दिउँसो एयर डाइनेस्टीको '९-एनएफक्यू' कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको छ।

काठमाडौंबाट आमाको काजकिरियाका लागि परिवारका सदस्य र शव बोकेर आएको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा अनियन्त्रित भई बारीको भित्तामा ठोक्किएर पल्टिएको हो। दुर्घटनामा परी स्थानीय ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन् भने चालक थापासहित अन्य ५ जना सवार यात्रुहरू सकुशल रहेका छन्। 

प्रहरीका अनुसार घाइते राईलाई तत्कालै एयर डाइनेस्टीकै अर्को हेलिकप्टर मगाएर थप उपचारका लागि काठमाडौं पठाइएको छ। तीव्र हावा वा धुलोका कारण दृश्यता कम हुँदा अवतरणका क्रममा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। हाल घटनास्थलमा प्रहरी टोली खटिएको छ र घटनाको प्राविधिक कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।

ताजा समाचार