logo-image

सोमबार, १८ जेठ २०८३

खैरो हिरोईन सहित दुई जना व्यक्ति पक्राउ

आइतबार, ०१ चैत २०८२ · समसामयिक

खैरो हिरोईन सहित दुई जना व्यक्ति पक्राउ

काठमाडौं, चैत्र १
कृष्णनगर नगरपालिका–३ चैपुरवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा विजयनगर गाउँपालिका–४ बर्गदवा बस्ने ३७ वर्षीय मतिउल्ला मुसलमान र सोही गाउँपालिका–२ टाँडी बस्ने ३२ वर्षीय तुल बहादुर श्रीस रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं, चैत्र १
उदयपुरको बेलका नगरपालिका–२ गिदेरी खोलास्थित सडकमा प्रदेश १–०४–००१ त १३३२ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने अन्दाजी १८ वर्षीय सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको छ । 
धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारास्थित सडकमा म.प्र ०२–००८ प ८५८३ नम्बरको मोटरसाइकल र प्र.२–०२–००३ प ४४७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा म.प्र २–००८ प ८५८३ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–६ ढल्लेबर बस्ने २७ वर्षीय ईन्द्रदेब महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२–०२–००३ प ४४७१ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला 
काठमाडौं, चैत्र १ 
काठमाडौं महानगरपालिका–७ गौरीघाट कुटीगल्ली नजिक डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका–२ घर भएका २५ वर्षीय रन्जित कुमार थारू आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । 
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ स्थित डिकुवा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ दोलाङ्गे बस्ने ५९ वर्षीया फुर्वा शेर्पीनी सोही नगरपालिका–२ दोलाङगेस्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 
सिन्धुलीको दुधौली नगरपालिका–५ बाढी गाउँ रातोमाटा बस्ने इन्द्र बहादुर थापा मगरको घरको बरण्डामा सोही ठाउँ बस्ने ७० वर्षीय सन्त मान दमाई आइतबार मृत अवस्थामा फेला परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित सिंहिया खोलाको झोलुङ्गे पुलमाथी सोही महानगरपालिका–८ बस्ने ४१ वर्षीय सुजित कुमार सिंह आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


विभिन्न धनमाल चोरी
भक्तपुर, चैत्र १
भक्तपुर नगरपालिका–२ ठुलो ब्यासीस्थित ईजि मल्टिस्टोरबाट नगद २ लाख रूपैयाँ, रिचार्ज कार्ड लगायतका विभिन्न सामान समेत गरी करिब २ लाख ८८ हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ताजा समाचार