बिहिबार, ०३ वैशाख २०८३
बुधबार, ०६ फागुन २०८२ · जिवनशैली
पानी बिना मानिस मात्रै हैन, प्राणी र रुख बिरुवा समेत बाच्न कठिन हुन्छ । तर यस्तो अत्यावश्यक पानी पनि प्राणीले सहि तरिकाले प्रयोग गर्न सके मात्रै लाभदायक हुन्छ । पानी कति मात्रामा र कुन समयमा पिउनु पर्छ भन्ने मानवले त झनै ख्याल गर्नुपर्छ । धेरैको मनमा पानी खाना अघि वा पछि कति बेला खाने भन्ने ज्ञान छैन । साथै खानासँगै पनि कति मात्रामा खादा भने त्यसको नकारात्मक असर हुदैन भन्ने जानकारी छैन ।
खाना खाएपछि मानव जातीको पेटमा विभिन्न पाचन रसहरू उत्पादन हुन्छन् । हाइड्रोक्लोरिक एसिड , पेप्सिन, र अन्य एन्जाइमहरू हुन्छन् जसले खाना पचाउन मद्दत पुराउछन् । तर यहि समयमा पानी पुग्यो भने चाहि शरिलाई असर गर्छ । खाना खाएपछि तुरुन्त पानी पिउँदा देखिने असर निम्न छन् ।
पानीले हाइड्रोक्लोरिक एसिड पातलो बनाउँने खाना पचाउनमा समस्या उब्जाउने
पाचन रस पातलो हुन्छ
पेटभित्रको अम्लीयता घट्ने
अपच हुने
भोक कम र वजन बढ्ने
रगतमा सुगरको मात्रा बढ्ने
उसो भए कति बेला खाने त पानी ?
खाना खानु भन्दा ३० मिनेट अघि एक गिलास कोमल पानी पिउनु उत्तम मानिन्छ । खानाको बिचमा सानो घूँट पानी लिन सकिन्छ, तर धेरै भने खान हुदैन । र खाना खाएपछि ३० देखि ४५ मिनेट पछि पानी पिउनु उचित हुन्छ ।