logo-image

सोमबार, १८ जेठ २०८३

राहदानी वितरण सेवा केही दिन अवरुद्ध हुने!

शुक्रबार, २९ फागुन २०८२ · समसामयिक

राहदानी वितरण सेवा केही दिन अवरुद्ध हुने!

काठमाडौं, फागुन २९ । राहदानी विभागले राहदानी वितरण सेवा केही समयका लागिअवरुद्ध हुने जनाएकाे  छ। विभागले एक सूचना जारी गर्दै पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली सुरु गर्न लागेकाले सेवामा केही समय अवरोध आउने स्पष्ट पारेको हो ।

विभागले जारी गरेको सूचनाअनुसार नयाँ सिस्टम स्थापनाका क्रममा जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा १ देखि ३ दिन तथा विभागबाट हुने सेवा करिब एक हप्तासम्म बन्द हुन सक्नेछ।यद्यपि, राहदानी विभाग आफैँले प्रदान गर्ने सेवा भने एक हप्तासम्म अवरुद्ध हुन सक्ने सूचनामा उल्लेख छ ।

आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने नागरिकहरूलाई सिस्टम अपग्रेड हुनुभन्दा अगावै आवेदन दिन विभागले आग्रह गरेको छ।  

ताजा समाचार