शुक्रबार, ०४ वैशाख २०८३
सोमबार, २५ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २५
गण्डकी प्रदेशको कास्की जिल्लामा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनमाथि भएको दुव्र्यवहारपूर्ण घटनाप्रति जेनजी २.० ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जेनजी २.० का प्रवक्ता अबिन लिम्बूले जारी गरेको प्रेस वक्तव्यमा देशका लागि विज्ञान, नवप्रवर्तन र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका पुनमाथि भएको यस्तो व्यवहार अत्यन्त दुःखद, निन्दनीय र अस्वीकार्य भएको उल्लेख गरिएको छ ।
वक्तव्यमा लोकतान्त्रिक समाजमा विचार, अभियान तथा सामाजिक कार्यलाई सम्मान गरिनुपर्ने उल्लेख गर्दै असहमति वा असन्तोष व्यक्त गर्ने नाममा व्यक्तिमाथि दुव्र्यवहार हुनु सभ्य समाजका लागि शोभनीय नहुने बताइएको छ ।
जेनजी २.० ले उक्त घटनाको कडा शब्दमा भर्त्सना गर्दै सम्बन्धित निकायलाई घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको छ । साथै यस्ता घटना दोहोरिन नदिन सबै पक्षलाई संयमित र जिम्मेवार बन्न पनि अपिल गरिएको छ ।