बिहिबार, ०३ वैशाख २०८३
आइतबार, ०१ चैत २०८२ · राजनीति
ललितपुर, चैत्र १ । नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभातर्फको २० जना समानुपातिक सांसदहरूको नाम सुनिश्चित गरेको हाे।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, निर्वाचन आयोगको क्लस्टर र समावेशी मापदण्डका आधारमा बन्दसूचीबाट उम्मेदवारहरूको नाम छनोट गरी आयोगमा पठाउने तयारी गरिएको हो।
प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा प्राप्त २० सिटमा संवैधानिक व्यवस्थाअनुसार कम्तीमा १५ जना महिला सुनिश्चित हुने गरी नामावली तयार पारेको छ। आधिकारिक नामावली सार्वजनिक नभए पनि पार्टीले सबै क्लस्टर मिलाएर अन्तिम सूचीलाई अन्तिम रूप दिइसकेको छ। २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ ।