logo-image

बुधबार, ३१ असार २०८३

एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन : सबै पदाधिकारी निर्विरोध निर्वाचित

बुधबार, ०४ चैत २०८२ · अन्तर्राष्ट्रिय

एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन : सबै पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं, चैत्र ४
गैरआवासीय नेपाली संघ -एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । संघको अध्यक्षमा डा. हेमराज शर्मा -यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन -जापान) निर्विरोध निर्वाचित भएका छन् । 
उपाध्यक्ष पदमा, रोशन थापा -जाम्बिया) बुद्धि सुबेदी -अमेरिका), चिन्ता मणि सापकोटा -स्पेन), ददिवाल खड्का -जापान), दिनेश पोखरेल -अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले -क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी -अष्ट्रेलिया), जुनु गुरुङ -दक्षिण कोरिया), कमल मणि गुरागाईं -कतार), खगेन्द्र न्यौपाने -मलेसिया), लोक प्रसाद दाहाल -बेल्जियम), महेन्द्र ओली -अष्ट्रेलिया), मनोज कुमार श्रेष्ठ -यूएई), प्रबिन गुरुङ -कतार), पूर्णचन्द्र बनियाँ -अमेरिका), रबिनराज बज्राचार्य -अमेरिका), रामशरण सिम्खडा -यूके), रोजिना प्रधान राई -यूके र टंकप्रसाद गैरे -जापान), तिलक गैरे -पोर्चुगल),  बिश्व दीप तिगिला -यूके), सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । 
महिला उपाध्यक्षमा राधिका गुरुङ -हङकङ) तथा युवा उपाध्यक्षमा भीमसेन थापा -पोर्चुगल) निर्विरोध चयन भएका छन् । महासचिवमा डा. चिरञ्जीवी खड्का -चेक गणतन्त्र) निर्विरोध हुँदा उपमहासचिवमा अनुजा प्रधान -बेल्जियम), बेदराज बस्नेत -अमेरिका), दिनेश कुमार घिमिरे -यूके), पारसमणि पोखरेल -जापान), राजेन्द्र अर्याल -साउदी अरेबिया), मोहम्मद मुक्तदा-कतार )स्वतन्त्र प्रताप शाह -अष्ट्रेलिया) निर्विरोध निर्वचित  भएका छन् । 
सचिव पदमा अभिमन्यु बस्नेत -क्यानडा), दीपेश खत्री -जर्मनी), मदनराज पौडेल -अष्ट्रेलिया), माधव दुलाल -क्यानडा),  प्रसुना कडेल -यूके), शिवप्रसाद पौडेल -जापान), सुजन अधिकारी -अष्ट्रेलिया), सुजन केसी खत्री -कुवेत), सुपेन्द्र घिसिङ -जापान)  यज्ञनारायण पौडेल -स्पेन) -यूके), भवानी  प्रसाद तिमल्सिना -युएई), रमेश भट्ट -कतार)सर्वसम्मत रूपमा चयन भएका छन् ।
महिला सचिवमा अमृता थापा -चीन), कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना -यूके), सह–कोषाध्यक्षमा अब्दुल बासिद -कतार) बिमल सुबेदी -कतार)  तथा महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा -दक्षिण कोरिया) निर्विरोध निर्वाचित भएका छन् । 
महिला संयोजकमा रश्मी थापा -क्यानडा) र युवा संयोजकमा नवीन निउरे -जापान) निर्विरोध भएका छन्।
क्षेत्रीय संयोजकहरूतर्फ अफ्रिकामा मनोज बी.के. -सेशेल्स), अमेरिकामा भुवन खरेल -क्यानडा), एसिया–प्रशान्तमा दीपक प्रसाद कँडेल -जापान), युरोपमा रोबोट लिम्बु -पोर्चुगल), मध्यपूर्वमा रमेश श्रेष्ठ -यूएई) र ओसियानियामा रमेश जोशी -अष्ट्रेलिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । त्यसैगरी अमेरिका क्षेत्रको उप–क्षेत्रीय संयोजक पदमा नेत्र पाण्डे र सम्राट थापा सर्वसम्मत रूपमा विजयी भएका छन् । 
यसैगरी, एशिया प्यासिफिक क्षेत्रको उप–क्षेत्रीय संयोजक पदमा भविन्द्र बस्नेत -थाइल्याण्ड), छत्र बहादुर दाहाल -जापान) र लाल सिंह खड्का -कम्बोडिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । युरोप क्षेत्रका उप–क्षेत्रीय संयोजक पदमा बेलायतका तिलक राम भट्टराई सर्वसम्मत रूपमा चयन भएका छन् । 
मध्यपूर्व क्षेत्रका उप–क्षेत्रीय संयोजकमा ओमनका बिकाल झा, यूएईका  बिकास शाही र विष्णु लाल श्रेष्ठ, साथै कतारका करिम बक्स मिया सर्वसम्मत निर्वाचित भएका छन् । ओसियाना क्षेत्रका उप–क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका छबी प्रसाद सापकोटा, सीके भुसाल र हेमन्त काफ्ले निर्वाचित भएका छन् । 
एशिया प्यासिफिक, युरोप, मध्यपूर्वका अफ्रिका, अमेरिका र ओसियनिया क्षेत्रमा महिला संयोजक पदका उम्मेदवारहरूमा संगीता अधिकारी -जापान), बाबा -राजेश्वरी) थापा -अस्ट्रिया), सरिता भण्डारी -कतार) लगायतका निर्वाचित भएका छन् । उप–क्षेत्रीय महिला संयोजकमा युरोपका लागि राधा सिग्देल -जर्मनी) र मध्यपूर्वका लागि मञ्जु मल्ल -यूएई) निर्विरोध  भएका छन् । एशिया प्यासिफिक उप–क्षेत्रीय युवा संयोजकमा राम थापा -जापान),यूरोप  उप–क्षेत्रीय युवा संयोजक शिव सागर बुढथोकी -पुर्तुगल) र मध्य पूर्वमा सुजन सापकोटा -यूएई) तथा उप–क्षेत्रीय युवा संयोजकमा ओमन गौचन -यूके) र बासुदेव सापकोटा -साउदी अरेबिया) निर्विरोध भएका छन् । त्यसैगरी, दोस्रो पुस्ताका संयोजकमा दीपमाला ढकाल -हङकङ) निर्विरोध निर्वाचित भएकी छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद् -आईसीसी) अन्तर्गत प्रवक्ता पदमा सोम  सापकोटा सर्वसम्मत रूपमा मनोनित भएका छन् ।