बुधबार, २८ असोज २०८३
बिहिबार, २१ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २१
एकाध बाहेक सबै क्षेत्रमा मतदान सम्पन्न भएको छ । प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत बिहिबार देशभर मतदान सम्पन्न भएको हो । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । बिहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान भएको थियो । यता ओखलढुंगाको माने भन्ज्याङमा स्थानीयले मतदान बहिष्कार गरेका छन् । यसैगरी दाङको बबई गाउँपालिका–७ मलईस्थित देउती मावि (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता मावि जिल्ला मतदान केन्द्रमा भने मतदाताहरूले मतदान नै बहिष्कार गरेका छन् । यसबाहेक सबै क्षेत्रमा शान्तिपुर्णरुपमा निर्वाचन सम्पन्न भएको आयोगले जानकारी दिएको छ ।