बिहिबार, २९ असोज २०८३
बिहिबार, २१ फागुन २०८२ · राजनीति
निर्वाचनको क्रममा उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली पड्किदा मतपेटिकामा क्षति भएको छ ।
कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोलामा रहेको मतदान केन्द्रमा सुरक्षाकर्मीले बोेकेको हतियार पड्केको हो । मतपेटिकामा ४ वटा मत खसेको थियो । मतपत्रमा भने कुनै क्षति भएको छैन । यसपछि अर्काे मतपेटिका राखेर मतदान सुरु भएको छ ।