logo-image

बुधबार, ३१ असार २०८३

इरानका सर्बाेच्च नेता आयातोल्लाह मारिए, ४० दिन शोकको घोषणा

आइतबार, १७ फागुन २०८२ · अन्तर्राष्ट्रिय

इरानका सर्बाेच्च नेता आयातोल्लाह मारिए, ४० दिन शोकको घोषणा

काठमाडौं, फागुन १७ । 
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएका छन् । ८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको नेतृत्वमा थिए।
इरानका सरकारी टेलिभिजनले सर्वोच्च नेता खामेनी मारिएको बताएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए । तर, त्यो बला इरानी अधिकारीहरूले उनी सुरक्षित नै रहेको बताएका थिए । 
तर, आइतबार बिहान मात्रै इरानी अधिकारीहरूले पनि उनको मृत्यु भएको पुष्टि गरेको त्यहाँका सञ्चारमाध्यमहरुले समाचार सार्वजनिक गरेका छन् । 
खामेनीसँगै उनकी छोरी, ज्वाइँ, बुहारी र नाति पनि मारिएको खबर  सार्वजनिक भएको छ ।सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा गरिएको छ । शनिबार बिहान अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हमला गरेका थिए ।