logo-image

बुधबार, ३१ असार २०८३

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीईको पहिलो सन्देश: युद्ध र नाकाबन्दी जारी रहने

शुक्रबार, २९ फागुन २०८२ · अन्तर्राष्ट्रिय

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीईको पहिलो सन्देश: युद्ध र नाकाबन्दी जारी रहने

काठमाडौं, फागुन २९। इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीईको पहिलो आधिकारिक सन्देश इरानी टेलिभिजनमार्फत सार्वजनिक भएको छ। 

इरानको 'विज्ञहरूको सभा' बाट तेस्रो सर्वोच्च नेताका रूपमा चुनिएपछि मोज्तबा खामेनीईले टेलिभिजनमार्फत आफ्नो पहिलो सन्देश जारी गरेका छन्। सन्देशमा उनले होमुज जलमार्गको नाकाबन्दी जारी राख्ने र सहिदहरूको रगतको बदला लिने दृढता व्यक्त गरेका छन्।

अमेरिका र इजरायलसँगको युद्धलाई संकेत गर्दै खामेनीईले शत्रुको कम अनुभव भएका नयाँ मोर्चाहरू खोल्ने चेतावनी दिएका छन्। साथै, उनले यमन, लेबनानको हिजबुल्लाह र इराकका 'प्रतिरोध समूह'हरूको प्रशंसा गर्दै आफ्नो समर्थन जनाएका छन्। स्वास्थ्य अवस्थाका कारण उनी हाल सार्वजनिक रूपमा भाषण गर्न असमर्थ रहेको बताइएको छ, जसका कारण उनको सन्देश प्रस्तोताले पढेर सुनाएका थिए।

मोजताबा खामेनीले आफ्ना पिता अली खामेनीको निधनपछि नेतृत्व सम्हाले। यो घटना २८ फेब्रुअरीमा इजरायली हवाई आक्रमणको सुरुवातमा भएको थियो। इरानी अधिकारीहरूका अनुसार मोजताबा खामेनी प्रारम्भिक आक्रमणमा हल्का घाइते भएका थिए, तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन। राज्य सञ्चार माध्यममार्फत प्रतिनिधि मार्फत जारी गरिएको विज्ञप्तिमा उनले छिमेकी देशहरूलाई अमेरिकी सैन्य अड्डा बन्द गर्न आग्रह गरे र शहीद इरानीहरुको बदला लिन प्रतिज्ञा गरेका छन्।

मोजताबा विशेषगरी क्रान्तिकारी गार्ड्स कोर्प्ससँग नजिकको सम्बन्ध राख्ने कडा लाइनका धार्मिक नेता हुन्, जुन इरानको सबैभन्दा शक्तिशाली सैन्य निकाय हो।

#MiddleEastConflict