logo-image

सोमबार, १८ जेठ २०८३

इनिसा विक हत्या प्रकरण: शनिवार पनि प्रर्दशन

शनिबार, ३० फागुन २०८२ · समसामयिक

इनिसा विक हत्या प्रकरण: शनिवार पनि प्रर्दशन

काठमाडौं, फागुन ३०
इनिसा विक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै प्रर्दशन भएको छ । युवाहरूले शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन गर्दै कारवाहीको माग गरेका हुन । सो समुहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।
बलात्कारीलाई फाँसी दिने कानुन बनाउ, महिला तथा दलितमाथिको हिंसा अन्त्य गर, पिडितलाई न्याय दे लगायतका माग राख्दै नारावाजी गरेका थिए । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ । यो अवस्थामा युवाहरुको समुहले पीडितका लागि न्याय माग्दै बिरोध प्रर्दशन गरिरहेका छन् । 

ताजा समाचार